
काठमाडौँ, १४ कात्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता गर्ने भएका छन् ।
जसका लागि न्यायाधीशरुले आइतबार प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न ३ न्यायाधीश तोकेका छन् ।
न्यायाधीशहरुले जबराको राजीनामा मागिरहेका बेला वार्ताका लागि न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिइएको छ ।
उनीहरुलाई प्रधानन्यायाधीशको कसरी सहज बहिर्गमन हुन सक्छ भन्नेबारे छलफल गर्न जिम्मा दिइएको हो । आइतबार दिउँसो ३ न्यायाधीशले प्रधानन्यायाधीशसँग छलफल गरेका छन् ।
न्यायालयमा नैतिकताको प्रश्न उठ्ने कार्य गरेको भन्दै न्यायाधीश तथा वकिलहरुले जबराको राजीनामाको माग गरिरहेका छन् ।












प्रतिक्रिया