१९ कार्तिक २०८३, बिहिबार

थप ४०८ जनामा कोरोना पुष्टि, ५१८ जना निको, ८ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ४०८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ हजार ७३१ र एन्टिजेन विधिबाट २ हजार १६८ एन्टिजेन परीक्षण गरिएकोमा ४०८ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख ७ हजार १०५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५१८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ९१ हजार २६९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेको छ ।

हालसम्म ७० लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४०७ जना पुगेको मन्त्रालयले जनाएको छ ।