४ मंसिर २०८३, शुक्रबार

चीनबाट आइपुग्यो थप १० लाख डोज भेरोसेल खोप

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । कोभ्याक्स सुविधाअन्तर्गत चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दीपेन्द्ररमण सिंहले चीनबाट १० लाख २० हजार मात्रा कोरोनाको भेरोसेल खोप आइपुगेको जानकारी दिए । उनका अनुसार यो खोपलाई टेकुमा रहेको भण्डारण केन्द्रमा राखिएको छ ।

कात्तिक ८ गते अमेरिकाले कोभ्याक्समार्फत एक लाख ६ सय २० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो ।