४ मंसिर २०८३, शुक्रबार

तनहुँमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १० कात्तिक । तनहुँ जिल्लामा वन मुद्दाका फरार प्रतिवादी भीमाद नगरपालिका–१ बस्ने ६५ वर्षीय गञ्ज सिङ सोती थापा मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत तनहुँको २०७५ चैत १२ गतेको फैसलाले वन मुद्दामा २ महिना ५ दिन कैद सजाय र २ लाख ३३ हजार रुपैयाँ जरिवाना ठहर भई विगत ३ वर्षदेखि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत तनहुँमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।