बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

अग्निपरिक्षामा रामकुमारी झाँक्री

वि वि श्रेष्ठ २०७८ कार्तिक ४ गते १८:२३

-वि वि श्रेष्ठ

नेपालको राजनैतिक आन्दोलन त्यसमा पनि कम्युनिष्ठ आन्दोलनमा शसक्त रुपमा उदाएको पात्र हुन्, माननीय सहकारी विकास मन्त्री रामकुमारी झाँक्री । विद्यार्थी आन्दोलन हुदै राष्ट्रिय राजनितीमा उदाएका झाक्री नेपालको राजनितीमा खरो, हठी वक्ताका रुपमा चिरपरिचित छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमाले वाट समानुपातिक सासंद वनेका झाक्री प्रधानमन्त्री ओलीको संसद विघटनको आलोचना गरेर झन चर्चामा आईन् । राष्ट्रिय राजनितीमा अलग पहिचान वनाईसकेकी झाक्री प्रधानमन्त्री ओलीको संसद विघटनमो चर्को विरोध पछि झन जर्वजस्त रुपमा स्थापित वनिन् ।

त्यसमाथी पनि नेकपाको अन्र्तद्धन्द्ध, र एकीकृत समाजवादीको स्थापनामा खेलेको महत्वपुर्ण भुमिकाले नेकपा एकीकृत समाजवादीको अस्तित्व सँग नेपाल सरकारको सहरी विकास मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ ।

सत्ता वाहिर रहँदा सरकारको विरोध गर्नु र आफैले नेपाल सरकारको प्रतिनिधित्व गरेर जनताको आकांक्षा पुरा गर्नु अलग अलग पक्ष हो ।

युवा आन्दोलन देखि नै उदाएकी झाँक्री ओलीको संसद विघटन सँगै खुल्ला मंन्चको भाषणमा फिल्मी शैलीमा मुखमा पट्टि फुकालेर वोल्न पाईन्छ भन्ने भाषणले नेपालको राजनितीमा गर्मागर्मि वनायो ।

पार्टीभित्र र सरकारको नेतृत्वमा ओलीको निरंकुशता हावी भएको भन्दै विरोधमा सार्वजनिक मंन्चवाट विरोध गर्दे आएका मन्त्री झाँक्री राष्ट्रपतिमाथीको पेचिलो प्रहारले विवादित पनि वनिन् ।

पार्टी र सरकारको जति विरोध गरयो त्यति नै चर्चित वन्न सकिन्छ भन्ने ध्येय रहेको झाँक्रीमा देखियो । यसको पटाक्षेप नेपालको राजनितीमा पटक पटक भईरहयो ।

विशेष गरेर आफनै पार्टीको नेतृत्वमा सरकार र पार्टी संचालन गर्ने ओलीको विरुद्धमा झाक्रीको प्रहार निरन्तर भईरयो । यो सार्वजनिक विरोधले झाक्रीको व्यत्तिगत चर्चा चुलिए पनि आम रुपमा यो सकारात्मक वन्न सकेन ।

जसरी पनि ओलीसरकारलाई विस्थापित गर्ने ध्येयका साथ मुख्य भुमिका खेलेका झाँक्री ओलीको कदमलाई प्रतिगमनको नारा ओकल्नु सम्म ओकले । ओलीको विरोधमा नै आफनो भुमिका देखेका झाक्रीको भुमिका अन्तत ओलीको सत्ता वर्हिगमनका लागी हतियारको अंश वनिदियो ।

मुलतः अवको राजनैतिक आन्दोलन त्यसले पारेको रापतापले अन्तत रामकुमारी झाक्री नेपाल सरकारको सहरी विकास मन्त्रालयको नेतृत्वमा छिन् ।

झाँक्रीको अवको मुख्य कार्यभार भनेको आफनो क्रान्तिकारीता जोगाउदै सरकार र आफुले नेतृत्व गरेको मन्त्रालय मार्फत जनतालाई आशातित दिनु हो । त्यसमा अव झाँक्री कति सफल वन्नेछन्, त्यसले नै झाँक्रीको अगामी राजनैतिक भविश्य निर्धारण गर्दछ ।

सत्ता वाहिर रहँदा सरकारको विरोध गर्नु र आफैले नेपाल सरकारको प्रतिनिधित्व गरेर जनताको आकांक्षा पुरा गर्नु अलग अलग पक्ष हो । त्यसमा झाँक्री कति सफल हुनेछिन्, जनताले नियालिरहेका छन् ।

नेतृत्व सफल र असफलको मापन त्यसको कार्यन्वयनमा भर पर्दछ । झाँक्री माथी चुनौती सहित अवसरको पर्खालहरु रहेका छन् । भनाई र गराईको तादात्म्यतामा एकरुपता नहुँदा ठुला ठुला क्रान्तिकारी शासकवर्गहरु पनि समयसँगै पतन भएका छन् ।

शेरवहादुर देउवाको सरकारमा आशालाग्दो मन्त्रीको रुपमा जनतावाट हेरिएका मन्त्री झाँक्री अवको दिनमा पनि सधै ओली सरकारको विरोध गरेर मात्र ओभानो वन्ने छुट अव झाँक्रीलाई छैन । शेरवहादुर देउवाको सरकार वाट जनताले अपेक्षित आशा नगरेता पनि क्रान्तिकारिता र अव्वल मानिएका राजनितीकर्मी मानिएका मन्त्री रामकुमारी झाँक्री जनताको आशा सँगै निगरानीमा छन् ।

त्यसमाथी पनि माधव नेपाललाई दहे वनाउदै दर्ता गरेको नेकपा एकीकृत समाजवादी पार्टीको संगठन वनाउने जिम्मेवारी पनि झाँक्रीमाथी रहेको छ । नयाँ गठन गरेको पार्टी जनतामा स्थापित गर्नका लागी सांगठनिक रुपमा पनि प्रष्टता, कार्ययोजना र यसको दुरगामी रणनिती रहेको हुन्छ ।

नेपालको सन्र्दभमा च्याउसरी उम्रिएको राजनैतिक दलमा नयाँ खोलीएको समाजवादीले नयाँ दृष्टिकोण र आशा जनतामा संचार गराउन सकेन भने यसको अस्तित्व पनि केही सयममा विलिन हुने चुनौती पनि रहेको छ ।

यति धेरै चुनौतीमा रहेको पार्टी र सरकार, अनि आफैले नेतृत्व गरेको मन्त्रालयमा सफल पार्नुपर्ने चुनौतीमा रहेका नेतृत्वगणमध्ये झाँक्री पनि एउटा मुख्य हिस्सेदार हुन् । जसको हेक्का झाँक्री जस्तो चतुर राजनैतिक खेलाडीमा अवश्य पनि हुनपर्दछ ।

समयको घेरावन्दीमा समेत वाधिएकी मन्त्री झाँक्री मन्त्रिको कार्यभार सम्हालिसकेपछि देखिएका अभिव्यक्तिले उनमा विचलनको संकेत गर्दछ ।

नयाँ जोश, जाँगर र पार्टीको आवरणलाई क्यास गर्नुभन्दा पनि फेरि पनि ओली र एमालेको विरोधले मात्र आफनो क्रान्तिकारीता छोप्ने प्रयास सफल हुन सक्दैनन् । यसका झाँक्री जस्तो आफुलाई सफल र अव्वल दावी गर्नेले आंकलन गरेनन भन्न सकिदैन ।

प्रतिनिधीसभाको विघटनलाई प्रतिगमन भनेका झाँक्री यसको पुर्नस्थापना पछिका सरकारका प्रतिनिधित्व गर्ने सहरी विकास मन्त्री हुन् । जसका हेक्का मन्त्रीगणलाई राम्रो सँगै नै होला । सरकार वाहिर वसेर विरोध गर्नु र सरकारमा रहनुको विचमा नमिल्ने तादात्म्यता सायद मन्त्री झाँक्रीलाई भईसकेको हुनुपर्दछ ।

त्यसैका स्वरहरु मन्त्री झाँक्रीको रुन्चे अभिव्यक्तिमा देखिन्छ । नत्र जनतावाट आशातित क्रान्तिकारी र अव्वल नेताको अभिव्यक्ति अव ओली सरकारको विरोधमा मात्र केन्द्रित हुनुहुदैन ।

स्पष्ट योजना र कार्यक्रममा साथमा आफनो मन्त्रालयवाट हुने दुरगामी कार्ययोजना भन्दा जुन पार्टी एमालेले झाँक्रीलाई त्यो स्थानमा पुरयायो, त्यसैको मात्र विरोधमा उत्रनु भनेको मन्त्री झाँक्रीको क्रान्तिकारितमा हस आउनु शिवाय अन्य हुन सक्दैन ।

जनताको कठघरामा उभिएका मन्त्री झाँक्री आफनो क्रान्तिकारीतालाई जोगाई राख्न सक्छन् कि सक्दैनन्, आम जनताले मुल्यांकन गरिरहेका छन् ।

जुन पार्टीमा आफनो युवावश्था, योगदान र समर्पण रह्रयो, त्यो पार्टी नै आज झाँक्रीका लागी सवैभन्दा ठुलो र प्रतिगामी पार्टी सावित भएका छन् । विरोधले मात्र निकास दिदैन, त्यसका लागी कार्यन्वयन पक्ष मजवुत हुनुपर्दछ भन्ने कुरामा झाँक्री सजग नै होलान् ।

झाँक्रीको क्रान्तिकारीता सत्ता र सरकारवाट वाहिर भएपछि पनि रहनुपर्दछ भन्ने आशामा रहेका आम जनता र कार्यकर्ताको भावनामा झाँक्रीको अहिलेको क्रियाशिलताले थेग्न सक्दैनन । शेरवहादुर देउवाको सरकारमा आशालाग्दो मन्त्रीको रुपमा जनतावाट हेरिएका मन्त्री झाँक्री अवको दिनमा पनि सधै ओली सरकारको विरोध गरेर मात्र ओभानो वन्ने छुट अव झाँक्रीलाई छैन ।

तर झाँक्रीको क्रान्तिकारीता सत्ता र सरकारवाट वाहिर भएपछि पनि रहनुपर्दछ भन्ने आशामा रहेका आम जनता र कार्यकर्ताको भावनामा झाँक्रीको अहिलेको क्रियाशिलताले थेग्न सक्दैनन ।

शासक वर्गले हिजो विकास गरेनन् भन्ने मन्त्री झाँक्री अहिले आफै नेतृत्वमा रहेका छन् । नेपालको राजनैतिक आन्दोलनमा कलिलै उमेरदेखि नै योगदान गरेका झाँक्री देउवा सरकारको नेतृत्वलाई देखाएर भाग्ने छुट छैन ।

देउवा प्रधानमन्त्रीमा पटक पटक परिक्षित हुन । फेरि पनि समृद्धीको नारासहित समाजवादमा होमिएको झाँक्री देउवावाट समृद्ध नेपाल सुखी नेपाली वनाउने अभियानको नेतृत्वमा सारथी वन्न खोज्नु झाँक्री जस्तो आत्माविश्वासीले सोच्नु भनेको मुर्खता शिवाय अन्य के होला र ?

पार्टीभित्रका अन्र्तसंघर्षमा तुच्छ विषवमन गरेर मात्र पार्टी र आफनो क्यारियर लामो समयसम्म टिक्न सक्दैनन भन्ने कुराको आभास विस्तारै झाँक्रीमा आसिन भयो कि भएन होला ?

दिनको उज्यालो सँगै रातको चकमन्न सँगै पनि दिनको उज्यालो आउने सत्यतालाई सायद झाँक्रीले आत्मासात गर्ला कि नगर्लान् ? व्यक्ति आफैमा ठुलो होईन, पार्टी र संगठनको भुमिका ठुलो हुन्छ भन्ने कुरा सायद मन्त्रीले वितेका दिनसँगै आत्मावोध गर्लान ।

जुन पार्टीले नेपालको राजनितीमा झाँक्रीको परिचय वनायो, त्यहि पार्टीमा यति धेरै विषवमनले फेरि त्यही पार्टीमा आउनुपर्ने अवस्था आएमा झाँक्रीको आत्माले आत्मासात गर्न सक्ला कि नसक्ला ? कि राजनितीमा जे पनि सम्भव हुन्छ भन्ने अमुर्त तथ्यलाई आत्मासात गरेर नेकपा एमालेमा पुन झाँक्रीको पछाडी आम जनता लाग्नुपर्ला ?

जनता भेडा नै हुन् भन्ने सोच आम राजनितीकर्मीले झै माननीय सहकारी विकास मन्त्री रामकुमारी झाँक्री जत्तिको क्रान्तिकारी र अव्वल राजनितीकर्मीले पनि राखे होलान् र ? सोच्न सकिदैन, किनकी जनता कसैका गुलाम हुन सक्दैनन् अवसरवादको त्यो नश्ल मन्त्री झाँक्रीमा झै आम जनता र कार्यकर्तामा पनि स्वतः हनेछ । त्यो सोच अन्ततः घोच पनि वन्नेछ ।

 

प्रतिक्रिया
सम्बन्धित