शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

युकेको गुम्बामा छोकभुम पूजा

दैनिक नेपाल २०७८ कार्तिक ४ गते ८:०१

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको अल्डरसटस्थित गुम्बामा ३ दिने गण चक्र (छोकभुम) पूजा सम्पन्न भएको छ ।

गत १६ अक्टोबर देखि आयोजना गरिएको उक्त पूजा गत सोमबार १८ अक्टोबर साँझ सम्पन्न भएको हो ।

बौद्ध धर्म गुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेका विश्वभर छरिएर रहेका अनुयायी एवं शुचचिन्तक तथा भक्तजनहरूले उनको सुस्वास्थ्य, दीर्घायू साथै धार्मिक लीला विश्वभर फैलियोस् भन्ने उद्देश्यका साथ गणचक्र पूजा गरिएको छ ।

गुम्बाका लामा गुरु खेन्पो कुन्ख्यापले शुरुवात गरेको उक्त पूजामा रिन्पोछे शेरब, लामा रिग्जीन, आनी आदी, गुम्बाका पूजा संयोजक आइबहादुर गुरुङ र सानु लामाले पूजापाठमा साथ दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित