शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

मासु नखानेले दशैँमा यस्तो खान सकिन्छ

एसपी उप्रेती २०७८ असोज २८ गते १३:०१

-एसपी उप्रेती

सामान्यतया दशैँमा मासु खानेहरुका लागि विभिन्न थरीका खानेकुराहरु हुने गर्दछन् । समाजमा सबै मानिस मासु खाने मात्रै हुन्छन् भन्ने छैन । र जो मानिसहरु मासुको सेवन गर्दैनन् उनीहरुका लागि के खाएर दशैँलाई मजेदार बनाउने होला भन्ने परेको हुनसक्छ ।

हुन त नियमित भोजनले नै दशैँ मनाउने प्रचलन विकसित गर्नु वा हुनु त आफैँमा गजब पक्ष हुँदै हो । यद्यपि भेज खाना मात्रै खाएर दशैँ मनाउनेका लागि पनि निकै परिकारहरु बनाएर खान वा खुवाउन सम्भव हुन सक्छ ।

जुन नियमित भोजन भन्दा पृथक पनि हुनसक्छ भने नयाँ नयाँ खाना बनाउने सीपको विकास पनि हुन्छ । आजको लेखमा सामान्य खर्च तथा सीपकै आधारमा भेज खानाका परिकारहरुको बारेमा चर्चा गर्न खोजिएको छ ।

१. फलफूलः हुन त मौसमी फलफूल प्रशस्त मात्रामा नियमित नै सेवन गर्नु अत्यन्तै राम्रो हो सबै दृष्टिकोणबाट र यसलाई चाडबाडमा कोशेली लैजानेदेखि जुस बनाउनेसम्म कार्यमा प्रयोग गरिन्छ । भेज खाना खानेले पनि केही अमिलो फलफूललाई साँधेर सेवन गर्न सकिन्छ भने गुलियो फलफूलको जुस पिउन सकिन्छ ।

२. दूधका परिकारहरुः विशेषत दूधबाट बनाइने खाना मिठो मात्रै नभएर स्वस्थकर पनि हुने गर्दछ । अझ आफैँले घरमा बनाउने हो भने त झनै काइदा भइहाल्यो । तसर्थ दूधका परिकार जस्तै, खीर, ढकने, कुरौनी, आदि बनाएर सेवन गर्न सकिन्छ । वा कोशेली लैजान समेत आकर्षक हुने गर्दछ । त्यस्तै, चिज, पनिरका आइटमहरु जस्तै, पनिर मःमः, पनिर पकौडा आदि पनि बनाएर खान सकिन्छ । त्यसैगरी, दूधबाट बनेको पेडा तथा रसबरी घरमै बनाएर पनि दशैँलाई झन् यादगार एवम् मज्जेदार बनाउन सकिन्छ । यदि कुनै परिकार बनाउन ज्ञान नभएमा इन्टरनेटको सहयता समेत लिन सकिन्छ ।

३. घरमै स्वादिष्ट एवम् स्वस्थकर चटपटे बनाउन सकिन्छ । त्यसैगरी, पानीपुरी, मःमः बनाएर पनि नयाँ नयाँ तरिकाले खानेकुरासहित दशैँ वा कुनै पनि चाडलाई रमाइलो बनाउन सकिन्छ ।

४. परम्परागत खानामा हिन्दु धर्मका अक्सर जुनसुकै कार्यक्रमा सेलरोटी प्रयोग गरिन्छ । तसर्थ भेज खानेको लागि सेल पनि विशेष परिकार हुन सक्छ । यसैसँग जोडेर, समोसा, पुरीलगायत खानेकुरा बनाएर पनि दशैँलाई रोचक बनाउन सकिन्छ ।

५. समग्र स्वास्थ्यको लागि तथा खानाको परिकारकै रुपमा विभिन्न भेज आइटमहरु किन्न पनि पाइन्छन् । जस्तै डार्क चकलेट आदि । यद्यपि काजु, बदाम, ओखरलगायतका नट्सहरु समावेश गरेर पनि भेज दशैँ मनाउन सकिन्छ ।

यसरी साधारण तर उपलब्ध विभिन्न किसिमका परिकारहरुको सेवनले मासु सेवन नगर्नेको पनि दशैँ गजब हुन सक्छ ।

प्रतिक्रिया
सम्बन्धित