बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

फ्रिज नहुँदा मासुलाई कसरी लामो समयसम्म स्टोर गर्ने ? हेर्नुस् ४ विधिहरु

एसपी उप्रेती २०७८ असोज २७ गते १७:००

-एसपी उप्रेती

नेपालमा अहिले पनि करिब १७ प्रतिशत मानिसहरु गरिबीको रेखा मुनि रहेका छन् ।

त्यस्तै, अन्य धेरै मानिसहरु पनि सामान्य आर्थिक स्थितिमा रहेका छन् । शाहकारीहरुले आफ्नै तवरले दशैँतिहार मनाउने गर्दछन् । विशेषत मासु सेवन गर्नेले भने जस्तै अवस्थामा पनि मासुको जोहो गर्ने प्रयास गर्छन् ।

यद्यपि सबै नेपालीले मासु स्टोर गर्न फ्रिज राख्ने अवस्था नहुन सक्छ । त्यस्तै, यदि फ्रिज छ भने त सजिलै मासु वा अन्य कुनै पनि कुराहरु केही दिनसम्म भण्डारण गर्न सकिन्छ ।

तर फ्रिज नभए पनि परम्परागत शैलीलाई अपनाएर मासुलाई केही दिनसम्म स्टोर गर्न सकिन्छ ।

दशैँतिहार नेपालीहरुले विभिन्न परिकारहरु सेवन गर्ने गर्छन् । जसमध्ये मासु प्रमुख हुने गर्दछ । दशैँको सप्तमी, अष्टमी र नवमीका दिन एकैपटक धेरै मासु घरमा राखिने गरिन्छ ।

यदि सही तरिकाले भण्डारण गरिएन भने मासु बिग्रिने वा स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ । तसर्थ यस लेखमा घरमा फ्रिज नभए पनि केही दिनसम्म मासुलाई सही तरिकाले कसरी स्टोर गर्न सकिन्छ भन्नेबारे उल्लेख गरिएको छ ।

१. क्यानिंग मिटः यो मासुलाई लामो समयसम्म राख्ने एउटा पुरानो तरिका हो । जसमा एउटा विशेष किसिमको क्यानरको सहयताले केही सीपहरुको प्रयोग गरेर मासुलाई केही दिन सुरक्षित राख्न सकिन्छ । यस विधिमा हावा नपस्नेगरी मासुलाई विशेष किसिमको कन्टेनरमा राखिन्छ ।

२. डिहाइड्रेसन विधिः यो प्रक्रिया निकै सहज र प्रभावकारी प्रक्रिया हो । जसका लागि विद्युतीय डिहाइड्रेटरको सहयता लिन सकिन्छ । त्यो भन्दा सरल भनेको चाँही घामको प्रकाश हो । यस विधिमा मासुलाई लामो लामो डोरी जस्तो बनाएर काटेर घाममा सुकाएर राखिन्छ । यसो गरेपछि हप्ता दिन भन्दा बढी समय सुरक्षित तवरले स्टोर गर्न सकिन्छ ।

३. सल्टिंगः यो विधि पनि निकै पुरानो हो । यसमा सकेसम्म मासुका सबै बोसो निकाल्ने प्रयास गरिन्छ । त्यसपछि बाहिरी भागमा नुन दलिन्छ त्यसपछि करिब हप्ता दिनलाई केही चिसो स्थानमा राखिन्छ । त्यसपछि पुनः चिजक्लोथमा बेरेर सुख्खा स्थानमा राखिन्छ र अब करिब २ ३ महिनापछि समेत सेवन गर्न सकिन्छ ।

४. पकाएको मासु भण्डारण विधिः यो पनि एक परम्परागत विधि हो । जसमा मासुलाई तेल हालेर तर नुन वा कुनै पनि मरमसला नहाली पकाइन्छ । त्यसपछि, साना साना टिफिनका वा बिर्को भएका बट्टामा भरी बनाएर राखिन्छ ।

पूर्ण रुपमा सेलाउन दिएर टाइट गरी हावा नपस्ने गरी बिर्को लगाएर राखेपछि कम्तीमा ३ दिन सजिलै स्टोर गर्न सकिन्छ । यसमा ध्यान दिनुपर्ने कुरा चाँही यदि बिचमा प्रयोग गरियो भने सबै प्रयोग गर्नुपर्छ नत्र चलाएर फेरि स्टोर गर्दा बिग्रने सम्भावना हुन सक्छ ।

यसरी तपाईँले फ्रिज बिना पनि केही दिन मासुलाई स्टोर गरेर सेवन गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित