शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

दशैँलाई कसरी रमाइलो र स्वस्थकर बनाउने, हेर्नुस् ५ टिप्सहरु

एसपी उप्रेती २०७८ असोज २७ गते १०:३६

-एसपी उप्रेती

दशैँलाई विभिन्न मिष्ठान्न पकाएर खाने पर्वको रुपमा पनि लिने गरिन्छ । माछामासु सेवन गर्नेहरुले विभिन्न परिकार बनाएर खाने गर्दछन् भने भेज खानेले पनि आफ्नै तौरतरिका अपनाउछन् ।

त्यस्तै, लामो समयको विदा पनि हुन्छ । यस्तो बेलामा आफ्नो शरीरको अनावश्यक तौल बढ्ने र अन्य समस्याहरु निम्तिने चिन्ता पनि हुने गर्दछ । तसर्थ चाडपर्व रमाइलो गरी मनाउनुका साथै कसरी आफ्नो स्वास्थ्यलाई चौतर्फी रुपमा ध्यान दिनेबारे यस लेखमा उल्लेख गरिएको छ ।

१. सर्वप्रथम कुनै पनि परिकार एकैपटक धेरै सेवन गर्दा शरीरले पचाउन गाह्रो हुने मात्रै होइन अर्को दिनदेखि त्यो खाना खान अमन समेत हुने गर्दछ । त्यस्तै, कतिपयलाई वान्ता आउने वा झाडापखाला लाग्ने सम्म हुन सक्छ ।

तसर्थ शाहाकारी वा मांसाहारी कुनै पनि खाना धेरै नखाऔँ । बरु केही घण्टाको फरकमा थोरै थोरै सेवन गरौँ । जसले गर्दा शरीरलाई चाहिने पौष्टिक तत्व पनि प्राप्त हुन्छ । शरीरको संयन्त्रमा नकारात्मक असर पनि गर्दैन ।

२. विशेषगरी माछामासुको सेवन गर्दा चाँहि प्रशस्त मात्रामा फाइबर भएका मुला, गाजर, हरियो सागपात, सबै किसिमका मौसमी फलफूलहरु सेवन गर्नाले पच्न मद्दत गर्दछ तथा नकारामत्क असर न्युनिकरण गर्दछ । यो कुरा भेज खानामा समेत लागु हुन्छ ।

३. सकेसम्म अत्याधिक चिल्लो पदार्थ, धेरै मसला, पीरो नुनिलो खानाको सेवन कम गर्नुस् । जसले शारिरीक असुन्तलन कम गर्दछ ।

४. प्रशस्त पानी पिउनुस्, घरमै उपलब्ध हुने कागती, निबुआ आदिको जुस बनाएर प्रशस्त पिउनुस् । बजारिया चिसो पेय पदार्थको सेवन नगर्नुस् वा अत्यन्तै कम गर्नुस् । जसले स्वस्थ रहन पनि सहयोग पुर्याउँछ त फरक अनुभूति पनि दिलाउँछ ।

५. दशैँमा वा अन्य कुनै पनि लामो विदामा अत्यन्तै ध्यान दिनुपर्ने कुरा भनेको चाँहि शारीरिक अभ्यास हो । यस बेलामा अत्यन्तै क्यालोरी सेवन गरिएको हुन्छ । तर तुलनात्मक रुपमा शारीरिक सक्रियता भने कम हुने गर्दछ ।

यस्तो बेलामा आफ्नै घरका सदस्यहरुसँग विभिन्न खेल खेल्न सकिन्छ । जस्तै कि ब्याड्मिन्टन, टेबलटेनिस, यदि खुल्ला स्थान भएमा फुटबल वा क्रिकेट, त्यस्तै, नाच्ने कार्यक्रम आदिबाट अत्यन्तै रमाइलो हुनुका साथै आफ्नो स्वास्थ्यलाई पनि फिट रहन मद्दत गर्दछ ।

यी अत्यन्तै, साधारण तर अति नै प्रभावकारी टिप्पहरु यहाँहरुले लागू गर्नु भयो भने दर्शैँ उत्साहजनक मात्रै नभएर स्वस्थकर समेत हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित