३० आश्विन २०८३, शुक्रबार

कोरिया जानेलाई डलर थपिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असोज । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि अमेरिकी डलर सुविधामा थप गरिएको छ ।

नेपाल राष्ट्र बैङ्कले सोमबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका निकायलाई कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि थप एक हजार पाँच सय अमेरिकी डलर सटहीको सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।

वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत दुई सय अमेरिकी डलर मात्र उपलब्ध गराउँदै आएको छ। दक्षिण कोरियामा जाने प्रतिबद्ध कामदारले कोभिड–१९ का कारण क्वारेन्टाइमा बस्नुपर्ने भएकाले सो खर्चका लागि थप सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ ।

यो समाचार गोरखापत्रमा प्रकाशित छ ।