शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

राष्ट्र बैंकले दियो ब्याजदर सम्बन्धी यस्तो निर्देशन

दैनिक नेपाल २०७८ असोज २६ गते ८:१३

काठमाडौँ, २६ असोज । बैंक वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर हेरफेर गर्दा सबै प्रकारका बचत खातामा लागू गर्नुपर्ने निर्देशन नेपाल राष्ट्र बैङ्कले दिएको छ ।

नेपाल राष्ट्र बैङ्कले सोमबार क ख र ग वर्गका संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा विभिन्न प्रकारका बचत खाताहरूमा दिइने ब्याजदर अन्तर दुई प्रतिशत बिन्दुभन्दा बढीले परक गर्न नपाइने व्यवस्था गरेको छ ।

राष्ट्र बैङ्कले यो निर्देशनलाई थप स्पष्ट पार्दै बचत खाताको ब्याजदर बढाउँदा वा नयाँ बचत खाता विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर बढ्ने र ब्याजदर घटाउँदा सबै प्रकारका बचत खाताको ब्याजदर घट्ने गरी ब्याजदर समायोजन गर्नुपर्ने उल्लेख गरेको छ ।

यो समाचार गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित