शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

सुमेरु सहकारीमाथि सीआईबीको नजर, हुनेछ अर्को बबाल

दैनिक नेपाल २०७८ असोज २१ गते १७:१०

काठमाडौं, २१ असोज । सहकारीको नामुद ठगी काण्डमा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङ पक्राउ परेसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. पुल्चोक ललितपुरमाथि अनुसन्धान गर्नुपर्ने माग उठ्न थालेका छन् ।

रुमेरुका अध्यक्ष भरत महर्जन हुन् । महर्जनले को–अपरेटिभको पैसा कसरी खर्च गरेका छन् ? भनेर बेलाबेला प्रश्न उठ्ने गरेको छ । महर्जनले सुमेरु ग्रुपका नाममा ११ वटा संस्था चलाउँदै आएका छन् ।

महर्जनको सहकारीले निक्षेपकर्ताको पैसा संकलन गरेर उनीहरूलाई लगानी गर्ने मात्रै अधिकार छ । अध्यक्ष महर्जनले सहकारीको पैसा कागज मिलाएर आफ्नो ग्रुपमा लगानी गरेको आरोप छ । हुन त सहकारीको अडिट रिर्पोटमा सहकारीको पैसा ग्रुपभित्र लगानी गरेको देखिनै ।

ब्यालेन्ससिटमा सुमेरु ग्रुप भनेको छ । त्यसमा सेयर लगानी गरेको देखिदैन । सम्पूर्ण रकम विभिन्न कम्पनी देखाएर (कृतिम) कर्जा गरेको पाइएको छ । ग्रुप अफ सुमेरु भनेर लोगो राखेको छ । ती कम्पनीहरू अध्यक्ष महर्जनले एकाघरको नाममा दर्ता गरेर लगानी गरेको देखिन्छ ।

निक्षेपकर्ताहरूलाई १६ प्रतिशतभन्दा धेरै ब्याजदर प्रदान गरि रकम संकलन गरेर विभिन्न कम्पनीहरूमार्फत रकम प्रयोग गर्ने गरेको आरोप सुमेरु सहकारीलाई लागेको छ ।

सुमेरु सहकारीले वार्षिक प्रतिवेदन सेयर सदस्यहरूलाई सार्वजनिक नगरेको गुनासो छ । सुमेरुको कारोबारप्रति निक्षेपकर्ताहरू सशंकित बनेका छन् ।

इच्छाराज तामाङको सिभिलमा पनि शुरुमा सहकारीले लगानी गरेको कुरा देखिएको थिएन । सरोकारवाला निकाय र सीआईबीले अनुसन्धान गरेपछि सिभिलको लगानी र हर्कतहरूको भण्डाफोर भएको थियो ।

सहकारीको नाममा चलाइएका संस्थामध्ये सुमेरु हस्पिटल प्रालिमा दर्ता छ । अरु थुप्रै संस्था पनि प्रालिमा छन् । सहकारीबाट चल्ने हो भने प्रालि लेख्न पाइँदैन ।

सहकारीबाट ती संस्थामा अध्यक्ष महर्जनले सहकारीको पैसा दुरुपयोग गरको हो कि भनेर प्रश्न उठेका छन् । सहकारीका ठगी काण्ड बाहिर आएका बेला सुमेरुमाथि अनुसन्धान गर्नुपर्छ भनेर बचतकर्ताको माग जायज रहेको चर्चा छ ।

महर्जनले सहकारीको रकम कहाँ र कसरी लगानी गरेका छन् ? त्यसको जानकारी दिनुपर्ने भनेर निक्षेपकर्ताहरूको माग छ ।

सुमेरुले सुमेरु ग्रुपका नाममा सहकारी, अस्पताल, मेडिकल कलेज, सुमेरु प्रिन्टिङहाउस, सुमेरु हाउजिङ लगायतका संस्था चलाएको छ । सुमेरुको लोगोहरूमा सबैभन्दा अगाडि महर्जनले सहकारीलाई राखेका छन् । उनको यो सहकारीले ठूलो लगानी गर्न पाउँदैन । महर्जनको सहकारीले बचतकर्ताको पैसा जम्मा गरेर उनीहरूलाई नै लगानी गर्नुपर्छ ।

लगानीका विषयमा उठेका जिज्ञासाका बारेमा सहकारीका प्रमुख हेमराज दाहालसँग बिहीबार जानकारी लिन ३/४ पटकसम्म सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

इच्छाराज तामाङले पनि सहकारीको पैसा हाउजिङ, जग्गा लगायतका स्थानमा लगाएका थिए । त्यहिँबाट उनको पतन शुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित