७ कार्तिक २०८३, शनिबार

माछापुच्छ्रे बैंकको २३औं बार्षिक साधारण सभाको घोषणा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । माछापुच्छ्रे बैंकले आगामी कात्तिक २६ गते बैंकको २३औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरेसँगै बैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

बैंकले शेयरधनीलाई सञ्चित मुनाफाबाट रु. १ अर्ब २० करोड बोनस शेयर र रु. ६ करोड ३३ लाख नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा रु. १ अर्ब २६ करोड लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

बैंकले शेयरधनीहरूलाई चूक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ । वार्षिक साधारण सभा प्रयोजनको लागि कार्तिक ७ गते शेयर दाखिल खारेज बन्द (बुक क्लोज) हुने बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड रुपियाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपियाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपियाँ संचित छ ।