काठमाडौं, २१ असोज । आइएमई ग्रुपअन्र्तगत सञ्चालित आइएमई मोटर्स प्रा.लिले २ वटा शाखा उद्घाटन गरेको छ ।
बारा जिल्लाको जितपुरस्थित थ्री एस सेटअप र नवलपरासी पूर्व अवस्थित सर्दीमा २ एस सेटअपको उमुद्घाटन गरिएको हो ।
यी शाखाहरूबाट सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरूका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने जानकारी दिइएको छ ।
दुई वटै शाखाको उमुदघाटन नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका सार्क हेड सुजन रोय साथै जिल्लाका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा संयुक्त रुपमा रिबन काटी उद्घाटन गरिएको छ ।
ग्रुपका अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएको बताए । उनले यसमा लगानी गर्न आग्रह गरेका छन् ।















प्रतिक्रिया