
काठमाडौँ, २० असोज । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।
प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा २३ प्रतिशतले बढाएको भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशका प्रदेश सचिव अशोक कुमार शाहले जानकारी दिए ।
उनले उपत्यका बाहिरको हकमा २३ प्रतिशत भाडा बढेको बताए ।
यस्तै, उपत्यका भित्र चल्ने सार्वजनिक सवारीको हकमा ५ किलोमिटरसम्म १८ रुपैयाँ, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा बढीको भाडादर ३५ रुपैयाँ कायम भएको मन्त्रालयले जानकारी दिएको छ ।
















प्रतिक्रिया