७ कार्तिक २०८३, शनिबार

कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । कामना सेवा विकास बैंकले अनलाईनमार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ ।

अब बैंकमा बचत खाता भएका ग्राहक महानुभावहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाईन मार्फतनै डिम्याट खाता तथा मेरोशेयर खोल्नु सक्ने विज्ञप्तिमा उल्लेख छ ।

अनलाईनमार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ ।

बैंकमा खाता नभएका ग्राहक महानुभावहरुले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ शुभलाभ लगानी बचत खाता खोली यो सुविधा उपभोग गर्न सक्नुहुनेछ जस अन्तर्गत ग्राहक महानुभावहरुले प्रथम वर्ष निस्शुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।