
काठमाडौँ, १९ असोज । सानिमा बैंक लिमिटेडले असोज १९ गते काठमाडौँको गोकर्णेश्वरमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेद्वारा भयो ।
उद्घाटन समारोहमा बोल्दै मेयर चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०९ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।















प्रतिक्रिया