
काठमाडौँ, १९ असोज । मंगलबार नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९० हजार ३०० रुपैयाँ पुगेको छ ।
यस्तै, महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै ८९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यद्यपि, आज यता चाँदीको मूल्य भने स्थिर रहेर एक हजार १६० रुपैयाँमा कारोबार भएको छ ।















प्रतिक्रिया