२८ आश्विन २०८३, बुधबार

एक किलो काँटी–किल्ला पेटबाट निकालियो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लिथुआनिया । लिथुआनियाका एक जना पुरुषको पेटबाट एक किलोग्रामभन्दा बढी काँटी, किल्ला, पेच र छुरी शल्यक्रिया गरेर निकालिएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

मदिरा सेवनको लत छाडेपछि ती व्यक्तिले एक महिना यता फलामका वस्तुहरू निल्दै आएको चिकित्सकहरूले जनाएका छन् ।

क्लेपडा युनिभर्सिटी अस्पतालमा गरिएको शल्यक्रियाका क्रममा निकालिएका केही वस्तुहरू १० सेन्टिमिटरसम्म लामो भएको त्यहाँको स्थानीय सार्वजनिक प्रसारकले जनाएको छ । एक जना सर्जनले त्यसलाई विशिष्ट घटना भनेका छन् ।

लिथुआनियाली भाषामा प्रकाशित एउटा लेखमा तीन घण्टाको आपत्कालीन शल्यक्रियापछि बाहिर निकालिएका फलामका वस्तुहरूले एउटा सर्जिकल ट्रे भरिएको देखिएको थियो ।

ती व्यक्तिलाई पेटमा असह्य पीडा भएपछि बाल्टिक सीको तटीय क्षेत्रमा रहेको अस्पतालमा एम्बुलेन्समार्फत् ल्याइएको थियो ।

अहिले उनी स्थिर अवस्थामा रहेको र स्वास्थ्यकर्मीले उनको निगरानी गरिरहेको विवरणहरूमा जनाइएको छ । बीबीसी