बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

महिलाको सेक्सी मूर्तिले गर्दा इटालीमा बबण्डर

दैनिक नेपाल २०७८ असोज १६ गते १२:००

इटाली । इटालीमा एक महिलाको मूर्तिलाई लिएर बबण्डर भएको छ ।

१९औँ शताब्दीमा लेखिएको एक कविताको सम्मानमा उक्त कविताकी नायिकाको प्रतिमास्वरुप बनाइएको मूर्तिले २१ औँ शताब्दीमा आएर बहस र विवाद निम्त्याएको हो ।

तामाबाट बनाइएको यो महिलाको प्रतिमामाथि हाल विशेषगरी सेक्सिज्मलाई लिएर बहस चलेको छ ।

मूर्तिमा एक महिलालाई पातलो एवं पारदर्शी कपडा लगाइएको अवस्थामा चित्रण गरिएको छ । साथै महिलाको दायाँ हात आफ्नो वक्षस्थलमा राखेको र कर्के हेराइ देखाइएको छ ।

यो मूर्तिको भाव र मर्ममाथि यति धेरै विवाद बढेको छ कि धेरैजसो नेताहरु नै यो मूर्ति ढाल्नुपर्ने माग गरिरहेका छन् । विशेषगरी महिलावादी नेतृत्वकर्ताहरूले यसलाई ढाल्नुपर्ने माग उठाएका हुन् ।

मूर्ति इटालीको दक्षिणमा अवस्थित साप्री शहरमा बनाइएको छ । जुन प्रसिद्ध इटालियन कवि लुइजी मिरकन्तिनीद्वारा लिखित ‘ला स्पीगोलात्रिचे दी सप्री’ शीर्षकको कविताको सम्मानमा एक मूर्तिकारले बनाएका हुन् ।

महिला नेतृहरूको एक समूहले मूर्ति भत्काउन माग गरेको छ । उनीहरूले भनेका छन्, ‘एकपटक फेरि हामी आफैंलाई खाली एक यौनिक तरिकाले बनेको शरीरको रूपमा यस मूर्तिलाई देख्दा लाज लाग्छ ।’

प्रतिक्रिया
सम्बन्धित