शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बेलायतमा कोदोको रक्सी उत्पादन शुरु

दैनिक नेपाल २०७८ असोज १३ गते ६:४५

लण्डन । बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्री बितरण सुरु गरिने भएको छ ।

नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ । बेलायतमा कोदो लिमिडेट कम्पनीको स्थापना गरी नेपालीहरूले कोदोको रक्सीको ब्राण्डिङ शुरू गरेका हुन् ।

रक्सीको यही अक्टोबर १० गते अल्डरशटमा एक औपचारिक रुपमा उदघाटन गर्न लागिएको कम्पनीका निर्देशक जनक राईले बताएका छन् ।

उत्पादक कम्पनीका अनुसार प्योर कोदोको रक्सी र तीनपाने कोदोको रक्सी गरी दुई प्रकारको रक्सी उत्पादन गरेर विक्री शुरु गर्न लागिएको छ ।

लोकप्रिय कोदोको रक्सीलाई कम्पनीले ‘प्योर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गरेको छ ।

तीनपाने कोदोको रक्सीको २० सी एल बोटलमा २०० एमएल रक्सी राखिएको छ भने ६० प्रतिशत अल्कोहल रहेको छ ।

‘प्योर कोदोको रक्सी’मा ७० सी एल बोटलमा ४० प्रतिशत अल्कोहल रहेको बताइएको छ । कम्पनीले ‘प्योर कोदोको रक्सी’ प्रतिबोतल २५ पाउण्ड ९९ पेन्स र ‘तीनपाने कोदोको रक्सी’को १२ पाउण्ड ९९ पेन्स मूल्य तोकिएको प्रबन्ध निर्देशक राइले जानकारी दिए ।

कम्पनीमा राई प्रबन्ध निर्देशक सहित जितेन्द्र चेम्जोङ, भरतमणि लिम्बु, आकाश सुनुवार, सुमन गुरुङ लगानीकर्ता रहेका छन् ।

विशेष गरी राई, गुरुङ, लिम्बु, मगर, तामाङ, शेर्पा लगायत जनजातीहरू माझ कोदोको रक्सी निकै लोकप्रिय रहेको छ । रक्सीलाई बेलायतमा व्यवस्थित तरिकाले बेच्न लागिएको राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित