
काठमाडौँ, १२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार १५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ११ हजार ६७२ र एन्टिजेन विधिबाट २ हजार ३३१ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार १५८ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ८४ हजार ३७९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ३१८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ६३ हजार ७३४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ जना रहेको छ ।
मन्त्रालयका अनुसार ३६४ संक्रमित आइसीयुमा छन् भने १२० जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ६२ लाख ५ हजार ७७० जनाले पूर्ण खोप लगाइसकेका छन् भने ६९ लाख ६० हजार ८२८ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ११५ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया