शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

यसरी थाहा पाउन सकिन्छ मौसमी रुघाखोकी र ज्वरोको लक्षण

दैनिक नेपाल २०७८ असोज ७ गते १०:४२

काठमाडौं । कोरोना महामारीका बेला मौसमी रुघाखोकी र ज्वरोले पनि सताउने गरेको छ ।

कोरोना र मौसमी रुघाखोकी तथा ज्वरो उस्तै खालको हुने भएकाले मानिसहरू छिटो आत्तिने गरेका छन् । वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका बिरामी देखिने गर्दछन् ।

मौसमी रुघाखोकी र ज्वरोका लक्षणहरूमा ज्वरो आउने (१००.४ डीग्री फरेनहाइटभन्दा बढि), टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, बच्चाहरूलाई झाडा पखाला समेत हुन सक्ने रहेका छन् ।

बच्नको लागि खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने, साबुन पानीले मिची मिची हात धुने, पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने, ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गर्ने, आनावस्यक रुपमा मानिसहरूको भीडभाड भएको ठाउँमा जानु हुँदैन ।

ज्वरो रुघाखोकी लागेको बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

शंकाष्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्ने, आँखा, नाक तथा मुखमा अनावस्यक रुपमा हात नलैजाने, सकभर अरु व्यक्तिहरूसंग हात नमिलाउने, नमस्कार गर्ने, अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग गर्नु हुँदैन ।

नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित