शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

डा अधिकारीको नेतृत्वमा इन्सको राष्ट्रिय कार्य समिति युके गठ हुँदै

दैनिक नेपाल २०७८ असोज ६ गते १३:३०

काठमाडौँ, ६ असोज । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले डा. महालक्ष्मी अधिकारी पराजुलीको नेतृत्वमा बेलायतमा राष्ट्रिय कार्य समिति गठन गर्ने भएको छ ।

‘जहिले पनि नेपालका लागि, जहाँ पनि नेपालीका लागि’ भन्ने नाराका साथ अघि बेढको इन्सले हालसम्म करिब एक दर्जन राष्ट्रहरुमा राष्ट्रिय समिति बनाइसकेको छ ।

युकेमा गठन हुन लागेको समितिको नेतृत्व गर्न लागेकी डा. अधिकारी एक विदुषी नारी हुन् । अधिकारी हाल अबेर्तय विश्वविद्यालयमा लेखा विषयको उपप्राध्यापकको रुपमा रहेकी छन् ।

पश्चिम स्कटल्याण्ड विश्वविद्यालय अन्तर्गतको बिजनेस स्कूलमा स्नातकोत्तर र विद्यावारिधी गरेकी अधिकारीले नेपालमै एसिसिए (सिए) अध्ययन पुरा गरेर युके पुगेकी हुन् । उनले परिमाणात्मक सामाजिक अनुसन्धानमा ठुलो योगदान गरेकी छन् ।

विगतमा कभेन्ट्री विश्वविद्यालयमा अर्थशास्त्र, वित्त र लेखा विभागमा उपप्राध्यापकको रुपमा सेवा गरिसेककी अधिकारी साहित्यकार पनि हुन् भने सामाजिक सेवामा पनि उत्तिकै रुचि राख्दछिन् ।

प्रतिक्रिया
सम्बन्धित