काठमाडौं, १ असोज । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।
काठमाडौंको मीनभवनस्थित केन्द्रीय कार्यालय उदघाटनपछि पत्रकारसँग कुरा गर्दै नेपालले भने, ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुनेछ ।’
उनले सरकारमा जान आफूहरू आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताएका छन् ।
उनले संसद र सरकारमा आफूहरुको भूमिका सत्तापक्षको रुपमा रहने बताए ।
सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको बताउँदै उनले भने, ‘यस अर्थमा हाम्रो भूमिका सरकार सन्चालनमा रहने छ, सहयोगी रहनेछ, सहकार्य गर्ने छौं, सँगसँगै अगाडि बढ्ने छौं । सरकारमा हामी सामेल हुनेछौं ।’











प्रतिक्रिया