७ कार्तिक २०८३, शनिबार

आईएमईले ल्यायो ‘डबलको डबलको डबल’ अफर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । आईएमईले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ ।

असोज १ गतेदेखि कात्तिक २६ सम्म कायम हुने गरी ५७ दिनका लागि आईएमईले यस्तो अफर सार्वजनिक गरेको हो ।

अफरअनुसार विदेशबाट पठाइएको रकम आईएमईका ३५ हजारभन्दा बढी एजेन्ट वा आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल र बम्परमा एक जनालाई पठाएको रकमको डबलको डबलको डबलसम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

आईएमई पेमा रकम प्राप्त गर्दा दुई सय रुपैयाँ थप बोनसको व्यवस्था मिलाइएको छ । अफर अवधिमा भाग्यशाली विजेता छनोटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ ।