काठमाडौं, ३१ भदौ । यात्रु सुरक्षालाई नै आफ्नो प्रमुख ध्येय लिएको नेपाल–चीन संयूक्त लगानीको हिमालय एअरलाइन्सले यसै साता आफ्ना सबै जहाजहरू (तीन वटा एअरबस ३२० र एउटा एअरबस ३१९) मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राखेको छ ।
उक्त जीवनदायी मसिन राखिए पश्चात् हिमालयका जहाजहरुमा यात्रा गर्दा विगत भन्दा अब उप्रान्त निकै सुरक्षित, विश्वसनिय र आरामदायी हुने निश्चित भएको विज्ञप्तिमा उल्लेख छ ।
अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति सुचारु राख्न मद्दत गर्दछ ।
यस कार्य पश्चात हिमालय एअरलाईन्स् जहाजहरुमा अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राखिएको राष्ट्रकै पहिलो र एक मात्र एअरलाइन्स् कम्पनी भएको छ ।
अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर मध्य आकाशमा जहाज उडिरहँदा भवितब्यबस यदि कुनै यात्रुमा श्वास–प्रश्वास बन्द हुने वा हृदयगति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता विरामीको निदान गरी ज्यानै जान लागेको ब्यक्तिलाई बचाउने कार्य गर्दछ ।
यात्रुको हृदयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रोकिएमा यस मसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दवाव दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिन्छ र बिरामीको जीवन बच्न सक्छ । विगत केहि सातादेखि हिमालय एअरलाइन्स्का सबै उडान कर्मचारीहरुलाई उक्त जीवनदायी मसिनको प्रयोग बारे यथेष्ट तालिम समेत दिएर दक्ष र निपूण पारिएको छ ।















प्रतिक्रिया