काठमाडौं, ३० भदौ । डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेड अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ ।
डी–जो भनेर उच्चारण गरिने यो नयाँ ब्रान्डको उद्देश्य भनेको प्राविधिक समानताको बाधाहरूलाई तोड्ने र सबै उपभोक्ताहरुको आवश्यकताहरूलाई मध्य नजर गरेर विभिन्न समाधानको समस्याहरूलाई हल गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ ।
उपभोक्तालाई फरक हुन् र सामाजिक रूपबाट धेरै सक्रिय र अद्वितीय हुनका लागि आग्रह गर्दै, डीजोले उपभोक्ताको व्यक्तित्वको प्रशंसा गर्ने टेक्नोलोजीको प्रस्तुति दिएको छ ।
उपभोक्तालाई सशक्त बनाउँछ र उनीहरूको व्यक्तित्वको विस्तार हुन्छ भन्ने विश्वास कम्पनीको छ ।
डीजाकोे फिलोसोफी र अहिले सम्मको यात्रालाई स्मार्ट टेक लाइफद्वारा इन्हान्स्ड गरिएको छ । डीजोले सबैलाई आफुले बाँचा गरेको जीवनको आनन्द उठाउन सशक्त बनाउने लक्ष्य राखेको छ ।
कम्पनीले डीजो ब्रान्ड फीचर फोनको मोडल स्टार ३०० पनि लन्च गरेको छ जसको डिजाइनमा प्रीमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्री जुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध रहेको छ । अर्को मोडल स्टार ५०० प्रीमियम डिजाइन२.८ इन्चको बिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ जसले दुईवटा सिमलाई सपोर्ट गर्दछ ।
एआईओटी गोपड्सका साथसाथै गो पड्स डी र स्मार्ट घडी जसले दुवै एन्ड्रोइड र आईओएसलाई सपोर्ट गर्दछ यिनीहरु पनि उपलब्ध रहेका छन् ।
डीजो स्टार ३०० को मूल्य रु २०७८, डीजो स्टार ५०० को मूल्य रु २८७८, गोपड्सको मूल्य रु ६०६९,गोपड्स डीको मूल्य रु २८९९ र स्मार्ट घडीको मूल्य रु ६४६४ रहेको छ ।















प्रतिक्रिया