बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्राधिकरणले भाडा नतिर्ने टेलिफोन/इन्टरनेट प्रदायकको तार काट्ने

दैनिक नेपाल २०७८ भदौ २९ गते १२:३१

काठमाडौँ, २९ भदौ । भाडा नतिर्ने टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको नेपाल विद्युत प्राधिकरणले तार काट्ने भएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै असोज १५ गतेभित्र आफ्नो संरचना प्रयोग गरेका, तर भाडा नतिरेका सेवा प्रदायकहरूको तार तथा उपकरणसमेत हटाउन लागेको जानकारी दिएको हो ।

नेपालका अधिकांश इन्टरनेट तथा टेलिफोन सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणको पोललगायत संरचना प्रयोग गरी सेवा विस्तार गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित