बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सानिमा बैंकका ग्राहकले किस्तामा सामसुङको स्मार्टफोन खरिद गर्न सक्ने

दैनिक नेपाल २०७८ भदौ २९ गते ९:४७

काठमाडौं, २९ भदौ । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरू आईएमएस नेपाल प्रा. लि. र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैंकका ग्राहकलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि—बुकिङ्ग गर्न सक्नेछन् ।

यसका साथै प्रि—बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । भदौ २० गतेबाट प्रि—बुकिङ्ग शुरु भएको उक्त मोबाइल फोनको औपचारिक लञ्च असोज ६ गते हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित