शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत मासिक किस्तामा सामसुङको फ्ल्यागसिप स्मार्टफोन खरिद गर्न सक्ने

दैनिक नेपाल २०७८ भदौ २८ गते १८:४२

काठमाडौँ, २८ भदौ । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रा. लि. र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि—बुकिङ्ग गर्न सक्नुहुनेछ ।

यसका साथै प्रि—बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्नुहुनेछ । भदौ २० गतेबाट प्रि—बुकिङ्ग सुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च असोज ६ गते हुनेछ ।

प्रि—बुकिङ्ग आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सक्नुहुनेछ ।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेभसाइटमा https://creditcard.sanimabank.com/credit-card/online-application लग इन गरी आवेदन दिन सकिन्छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित