
काठमाडौँ, २८ भदौ । नेकपा एमालेद्वारा सर्वोच्चमा दायर रिट हेर्न नभ्याइने सूचीमा राखिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिए पनि इजलासले सो रिट निवेदनलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
पार्टीले कारवाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेकोमा रिट दायर गरेको हो ।












प्रतिक्रिया