२८ आश्विन २०८३, बुधबार

महिलाका भित्री बस्त्रले श्रीमानलाई उत्तेजित बनाएको भन्दै उजुरी

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेक्सिको । मेक्सिकोमा एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै प्रहरीमा उजुरी दर्ता गरेकी छिन् ।

ती छिमेकीले उनका श्रीमानलाई उत्तेजित पार्न यसो गरेको आरोप लगाएकी छिन् ।

४२ वर्षकी युभित्जा इले आफ्नी निर्लज्ज छिमेकीलाई नैतिकता र सभ्यता बिर्सिएको आरोप लगाएकी छिन् ।

उनले प्रहरीलाई उनकी छिमेकीको व्यवहार कुनै संयोग नभएको बताएकी छिन् ।

उनले प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो भित्री वस्त्र धोएर सुकाउँछिन् ।’

‘मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भित्री वस्त्र घुरेर हेरेको देखेकी छु’, उनले भनेकी छिन्, ‘मैले उनलाई मेरा श्रीमानलाई उत्तेजित नबनाउन भने पनि उनले यसो गर्न छोडिनन् ।’

युभित्जाले प्रहरीलाई ती महिलालाई नैतिकता र सभ्यता बिर्सिएकोमा पक्राउ गर्न आग्रह गरेकी छिन् । प्रहरीले ती २३ वर्षीया महिलाले कानून विपरीत केही पनि नगरेको भन्दै सम्झाएको छ ।

प्रहरीले ती महिलाको घरमा गएर छिमेकी, महिलाका श्रीमान् र महिलालाई सँगै राखेर यस्ता खालका विवादबाट टाढै बस्न सल्लाह दिएको छ ।