१९ कार्तिक २०८३, बिहिबार

ललितपुरमा १० लाख बढीको सुनका गहना तथा नगद चोरी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २७ भदौ । ललितपुर महानगरपालिका–१५ सातदोबाटो बोधिग्राम बस्ने दिनेश महर्जनको घरबाट करिब १० लाख १५ हजार रुपैयाँ बराबरको विभिन्न सुनका गहना तथा नगद शनिबार साँझ चोरी भएको छ ।

उनको घरको कोठाको ताल्चा फोडी सुनका विभिन्न गर–गहना र नगद समेत चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।