७ कार्तिक २०८३, शनिबार

दराजले लन्च गर्यो जेम्स: ग्राहकहरुलाई निःशुल्क भाउचर कमाउने अद्भुत अवसर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । नेपालको अग्रणी अनलाइनबजार दराजले आधिकारिक रूपमा आफ्नो नवीनतम इन–एप सुविधा दराज जेम्स लन्च भएको घोषणा गरेको छ ।

यो नयाँ सुविधामार्फत ग्राहकहरुले हरेक दिन दराज एपमार्फत भाउचर कमाउने मौका प्राप्त गर्नेछन् ।

जेम्स भनेको दराज एपमा लगातार सगाई गरिरहेका ग्राहकहरुको लागि उपलब्ध गरिएको एक इनाम प्रणाली हो । ग्राहकहरुले जेम्स कलेक्ट गरि भाउचरको लागि रिडिम गर्न सक्नेछन् र त्यो भाउचर सामान खरिद गर्दा छुट पाउन प्रयोग गर्न सक्नेछन् ।

ग्राहकहरु तीन फरक तरीकाबाट जेम्स कमाउन सक्नेछन् । दराज एपमा हरेक दिन लगिन गरि , दराजबाट सामान खरिद गरि वा एड टु कार्ट, फलो द स्टोर जस्ता डेली मिसनहरु पुरा गरेर दराज जेम्स प्राप्त गर्न सकिन्छ ।

यो सुविधा दुवै एन्ड्रोइड र आईओएस प्लेटफर्ममा उपलब्ध छ । नयाँ सुविधा प्राप्त गर्नको लागि ग्राहकहरुलाई आफ्नो दराज एप अपडेट गर्न अनुरोध गरिन्छ ।

दराज जेम्सको भरपुर उपयोग गर्नको लागि ग्राहकहरु हरेक दिन दराज एपमार्फत दराज जेम्सको होम पेजमा जानु पर्ने हुन्छ । त्यहाँ ग्राहकले जेम्स कलेक्ट मात्र नभई आफूसँग भएको जेम्सको मात्रा हेर्न पाउनेछन् साथै ति जेम्सलाई भाउचरको लागि रिडिम पनि गर्न पाउनेछन् ।

दराज जेम्सको सबै भन्दा राम्रो सुविधा भनेको यो प्राप्त गर्न एकदमै सरल र सजिलो छ । प्रयोगकर्ताहरु सजिलैसँग दराज एपमा दैनिक लग इन गरेर दिइएको जेम्स कलेक्ट गरेर आफ्नो जेम्सको संख्या ४०० गुणा कमाउन सक्नेछन् ।