२९ आश्विन २०८३, बिहिबार

बागलुङ समाजको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा केसी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-भगवान गिरी

पोर्चुगल,२१ भदौ । बागलुङ समाज पोर्चुगलको दोस्रो अधिवेशनले समाजमा योगदान पुर्याउने सामाजिक व्यतित्वलाई सम्मान गर्दै आगामी दुई वर्षको लागि निर्विरोध नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

अधिवेशनले समाजले केशव केसीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा छवि पौडेल र महासचिवमा रमेश बुढाथोकीलाई चयन गरेको छ । त्यस्तै, नवगठित कार्यसमितिको उपाध्यक्षहरुमा किरण दीप, इन्द्र कुमारी जीसी, बिजय क्षेत्री र शंकर खत्री चयन भएका छन् ।

समाजको सचिवमा प्रेम सुबेदी र तारा परियार चयन भने कोषाध्यक्षमा फणिन्द्र ठकुरी र सह कोषाध्यक्षमा बिनु घर्ति कार्कीलाई चयन गरिएको निर्बाचन समितिले जनाएको छ ।

अधिवेशनले नयाँ कार्यसमितिको सदस्यहरुमा हिरा बस्नेत, राजु सापकोटा, बिष्णु भण्डारी, सुबास क्षेत्री, राम प्रसाद शर्मा, ओमकार गौचन, सुशील बस्नेत, रबिन्द्र घर्ति मगर, होम बहादुर खत्री, शोभाखर पाठक, लाल बहादुर थापा, दीपक सुबेदी, शिव अखेली, भुमिश्वर सापकोटा, कृष्ण केसी, बिकास सापकोटा र सन्दिप सापकोटालाई चयन गरेको छ ।

बागलुङ जिल्ला घर भही हाल पोर्चुगलमा कर्मथलो बनाउदै आउनु भएका बाग्लुङेहरुको साथै नेपाली समुदायको हक हितको लागि महत्त्वपूर्ण योगदान गर्को भन्दै दोसल्ला ओडाएर सम्मान समाजले सम्मान गरेको थियो ।

सम्मानित हुनेमा अवैतानिक महावाणिज्यदूत मकर बहादुर हमाल, एनआरएनए पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण बहादुर हमाल, पुर्ब अध्यक्ष भिम कमल केसि आइसिसी सदस्य नरेन्द्र बहादुर हमाल, सुर्य बहादुर हमाल, सदस्य दिपेन्द्र आचार्य, व्यावसायि टंक सापकोटा, पुर्ब अध्यक्ष कुबिर मल्ल, प्रेम खड्का, हरि बहादुर खड्का, बम बहादुर जि.सि., बिक्रम गौतम, शसि चालिसे, लक्ष्मी सापकोटा, हरि रोका र केशव बहादुर केसी रहेका थिए ।

अधिवेशन समाजका निवर्तमान अध्यक्ष प्रेम खड्काको अध्यक्षतामा भएको कार्यक्रम मा प्रमुख अथिती पुर्ण हमाल विशेष अथिती रमेशकुमार गुरुङ, भिम कमल केसि, वोकिल केसी, मदन लिम्बु, रोबर्ट लिम्बू प्रदीप अधिकारी, युबराज पन्थी र डोलेन्द रानाले शुभकामना मन्तव्य राखेका थिए ।