७ कार्तिक २०८३, शनिबार

सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा विस्तार

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ भदौ । सनराइज बैंक लिमिटेडले थप दुई शाखारहित बैकिङ सेवा विस्तार गरेको छ । बैंकले साउन ३२ सोमबार प्रदेश २, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १५ सोकनाह बजारमा ८८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको थियो ।

त्यस्तै, भदौ १३ गते आइतबार बैंकले प्रदेश १, सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८९ पुगेको छ ।

बैंकले सेवा सञ्चालनका लागी सोकनाह बजारका जितेन्द्र कुमार साह र तित्रिवनकी स्थानीय व्यवसायी रमिता चौधरीलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।