
काठमाडौँ, २१ भदौ । नेपाली बजारमा सुनको मूल्य प्रति तोला एक सय रुपैयाँले घटेको छ ।
सोमबार बजारमा आइतबार भन्दा प्रतितोला एक सय रुपैयाँले घट्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य समेत गत आइतबारको तुलनामा एक सय रुपैयाँले नै घट्दै ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
उता चाँदीको मूल्य भने एक हजार २३० रुपैयाँसहित स्थिर रहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया