३० आश्विन २०८३, शुक्रबार

भरियाको माध्यमबाट सुनकाे तस्करी हुँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे प्रयाेग हुँदै अवैध रुपमा सुन तस्करी भइरहेको छ । खासगरी तेस्रो मुलुकबाट आउनेले नेपालकाे विमानस्थलकाे प्रयाेग गर्दै सुनकाे तस्करी बढेकाे हाे ।

सरकारले सुन तस्करी रोक्ने प्रयास गरे पनि अझै सफलता मिलेको छैन ।

सुन तस्करले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई प्रयोग गरेर नेपालमा तस्करीको सुन पठाउने र विमानस्थलको पार्किङलटमा संकलन गरेर तस्करी गरिरहेका छन् ।

कोरोना संक्रमणले अवरुद्ध भएको उडान खुलेसँगै तस्करले दुबईबाट सुन पठाउन थालेका छन् । तस्करले खासगरी दुबईबाट नेपाल आउनेलाई केही रुपैयाँ दिने प्रलोभनमा सुन बोकाएर पठाउने गरेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।