३० आश्विन २०८३, शुक्रबार

गोरखामा गाउँपालिकाकी उप–प्रमुखले छाेडिन् काँग्रेस

13.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १९ भदौ । गोरखाको भीमसेन थापा गाउँपालिकाका उप–प्रमुख विनु वाग्लेले आफ्नाे पार्टी नेपाली काँग्रेस छाेडेकी छन्।

गत स्थानीय निर्वाचनमा काँग्रेसको तर्फबाट गोरखा जिल्ला भीमसेन थापा गाउँपालिकाबाट उप–प्रमुख बनेकी वाग्लेले पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्, ‘आजबाट नेपाली काँग्रेस परित्याग गरी स्वतन्त्र भएको घोषणा गरेको छु।’

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन नजिकिदै गर्दा आज देशैभर वडा पार्टी स्तरीय अधिवेशन भएको थियो। जस अनुरूप गोरखाको भीमसेन थापा गाउँपालिका–१ मसेलमा पनि बिहीबार वडा स्तरीय अधिवेशन भएको हो ।

विभिन्न विवादबीच भएको अधिवेशन समाप्त भएको केही समय बित्न नपाउँदै उप–प्रमुख वाग्लेले सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेकी हुन्। यद्यपि उनले पार्टी छाड्नुको कारण खुलाइएकी छैनन् ।