७ कार्तिक २०८३, शनिबार

सानिमा बैंकद्वारा तीजको अवसरमा विशेष योजना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । हिन्दू महिलाहरूको विशेष पर्व तीजको अवसरमा सानिमा बैंकले ग्राहकको लागि विशेष योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

यसका साथै पहिलो पिओएस कारोबारमा १० प्रतिशत वा रु ५०० सम्मको क्यास ब्याक प्रदान गरिनेछ ।

यसका अतिरिक्त रु. ५०० बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिनेछ । यो योजना भाद्र ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्नु हुने महिला ग्राहकवर्गहरुका लागि उपलब्ध हुनेछ ।

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक रु १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ ।

उक्त कोष अन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाहरुका उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराइदै आएको छ ।