७ कार्तिक २०८३, शनिबार

लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । लक्ष्मी बैंकद्वारा निष्काशित रु २ अर्ब मूल्य बराबरको “८.५% लक्ष्मी बैंक डिबेन्चर, २०८८” नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको छ ।

सूचिकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ ।

आज एक कार्यक्रमबीच सो ऋणपत्र सूचिकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल तथा लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरे ।