
काठमाडौँ, १६ भदौ । नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वुधबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
सुन २०० रुपैयाँले घटेकोमा चाँदी पनि तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।
यससँगै सुन वुधबार ९१ हजार रुपैयाँ कायम भएको छ भने चाँदी एक हजार १९५ रुपैयाँ कायम भएको छ ।
यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज बुधबार गत मंगलबारको मूल्यमा
तोलामा २०० रुपैयाँले सस्तिदै ९० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।















प्रतिक्रिया