७ कार्तिक २०८३, शनिबार

नबिल बैंकद्वारा पाँचखाल र पनौतीसँग वित्तीय पहुँचका लागि समझदारी पत्रमा हस्ताक्षर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । काभ्रेको पनौती नगरपालिकामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साझेदारीमार्फत नगरपालिकाहरूले स्थानीयस्तरमा संचालन गर्ने विभिन्न उद्यमसम्बन्धि कार्यक्रम, तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई नगरपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम, तालिमहरूमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने र अबको एक बर्षमा सफलताका कथाहरू सुन्न आतुर भएको बताए ।

पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा ब्यक्त गरे ।