७ कार्तिक २०८३, शनिबार

कतार एयरवेज कार्गोलाई नेपालबाट सर्वाधिक कार्गो उत्थानका लागि अवार्ड प्रदान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० भदौ । वैश्विकस्तरमै अग्रणी एयर कार्गो क्यारियर, कतार एयरवेज कार्गोलाई नेपाल फ्राइट फोरवार्डर्स एसोसिएशन (एनईएफएफए)द्वारा सन् २०२०मा देशबाट सर्वाधिक निर्यात टन (२८५० टन) उठाए बापत अवार्ड हस्तान्तरण गरिएको छ ।

अवार्ड, जुलाई २९, २०२१मा एनईएफएफएद्वारा काठमाडौंमा आयोजित बार्षिक नेपाल कार्गो डे महोत्सवमा हस्तान्तरण गरिएको हो ।

देशको निर्यात समर्थनका लागि उल्लेखनिय भूमिका खेल्ने उत्कृष्ट तीन क्यारियर्सलाई सम्मान प्रदान गर्न संघद्वारा हरेक बर्ष अवार्डको आयोजना गर्दै आइरहेको छ । कतार एयरवेज कार्गोले एक दशक भन्दा लामो समयदेखि नेपालबाट सर्वाधिक अपलिफ्टका लागि पहिलो स्थान हात पार्दै आइरहेको छ ।

कतार एयरवेज कार्गोका प्रमुख अधिकारी, गुह्यूमो हेलियोक्स ‘नेपालबाट सर्वाधिक निर्यातका लागि यो अवार्ड पाउँदा हामी निकै गौरवान्वित तथा कृतज्ञ छौँ ।

हाम्रा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न हर—सम्भव प्रयास गर्ने हाम्रा समस्त सहकर्मीप्रति पनि कृतज्ञता ब्यक्त गर्न चाहान्छौँ ।

हाम्रा उपभोक्ता, स्थानिय अधिकारी तथा ब्यवसायिक साझेदारहरुको सहायतार्थ तिनको समर्पण र सामूहिक कार्य, त्यो पनि विशेषगरी महामारीको यो घडीमा निकै सराहनिय छ ।’

नेपाल एयरलाइनका लागि एक प्रमुख बजार हो । कम्पनीले सन् १९९७देखि यसको राजधानी सहर काठमाडौँमा आफ्नो उडान सञ्चालन गर्दै आइरहेको छ ।

एयरलाइनको निर्यात बजार हिस्सा सन् २०२०मा नेपालबाट हुने समग्र निर्यातको ४५% र आयात ४४% रहेको छ । कतार एयरवेजले हाल अगष्ट महिनाका लागि हरेक हप्ता कार्गोका १५० टन क्षमता सहित हरेक पटक, काठमाडौंमा (टू एण्ड फ्रम) डबल दैनिक उडान भर्दै आइरहेको छ ।

आफ्नो दोहा केन्द्र मार्फत एयरलाइनले नेपाललाई यूएसए, यूरोप, अष्ट्रेलिया र एसियामा रहेका महत्वपूर्ण निर्यात गणतब्यसंग जोडी रहेको छ ।

महामारीको समयमा एयरलाइनले नेपालमा ब्यापारको निरन्तरताका लागि देश र ब्यवसायका आयात तथा निर्यात आवश्यकतामा सघाउदै तदर्थ आधारमा यात्री मालवाहकका साथै काठमाडौंबाट र भित्रिने निर्धारित उडानहरु सञ्चालन गरी उल्लेखनियरुपमा महत्वपूर्ण भूमिका खेलेको छ ।