२९ आश्विन २०८३, बिहिबार

डा.परियारको कथा विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

नेपाली मूलकी अमेरिकन सामाजिक अभियन्ता डा.विष्णुमाया परियारको कथा विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशित भएको छ ।

विश्वविद्यालय र माध्यमिक बिद्यालयका विद्यार्थीको पाठ्यपुस्तक प्रकाशनमा विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा.लिसा राईट होफ्नरद्वारा लिखित ‘दि राईटर्स माईण्डसेट’ पुस्तकमा डा.परियारको जीवन संघर्षको कथा प्रकाशन गरेको छ ।

पुस्तकको ६९२ पृष्ठ मध्ये डा.परियारको कहानी पृष्ठ ५९१–५९४ बीचका चार पृष्ठहरूमा समावेश गरिएको छ ।

यसरी नेपाली व्यक्तित्वको कहानी विश्व प्रसिद्ध पाठ्यपुस्तकमा प्रकाशित भएको ईतिहासमै पहिलो पटक हो ।

उनको यो पाठ्यपुस्तकमा समावेश कहानी यसअघि अमेरिकी संघीय सरकारको पिस कर्प्सले आफ्नो वेबसाइटमा प्रकाशन गरेको थियो ।

पब्लिकेसनको पाठ्यपुस्तकहरू अमेरिकामा मात्र हैन विश्वको एक सयभन्दा बढी मुलुकहरूका माध्यमिक बिद्यालय, कलेज र विश्वविद्यालयहरूमा पढाइन्छ ।

सन् २०२० को डाटा अनुसार हाल यो प्रकाशनको ४३ लाख बढी स–शुल्क पाठ्यपुस्तक किन्ने विद्यालय, विश्वविद्यालय, विद्यार्थी र प्राध्यापकहरू छन् । यसका ११ सयभन्दा बढी शिक्षण संस्थानहरू विशेष प्रयोगकर्ता छन् । यो प्रकाशनको ५ हजार ८ सयभन्दा बढी कर्मचारी छन् ।

डा.परियारको कहानी यो पुस्तकमा व्यक्तिगत संवृद्धि अन्तर्गत पृष्ठ ५९१–५९४ मा प्रकाशित छ । यो पाठ्यपुस्तकमा ५२ जनाको आलेख र जीवन कथा समावेश छ । यसपी समावेश उनी एक मात्र नेपाली हुन् ।

अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरको नगर प्रमुख स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्डकि पूर्व सल्लाहकार रहीसकेकी सुपरिचित नेपाली अमेरिकी सामाजिक अभियन्ता डा.विष्णुमाया परियार हाल जर्सी सिटी सहरको रोजगारी र तालिम कमिटीको सदस्यमा सन् २०२१–२०२४ कार्यकालको निम्ति नियुक्त भएकी छिन् ।

जर्सी सिटी सहरको नेपालको लागि भगिनी सम्बन्धको लागि विशेषदूत पनि हुन् । डा.परियारको पहलमा सन् २०१९ मा जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएकोछ । सन् २०१७ मा उनकै नेतृत्वमा जर्सी सिटीको सिटी भवनमा नेपालको झण्डा फहराईएको छ । डा.परियार एनआरएनए आईसिसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोवल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाकि संस्थापक अध्यक्ष पनि हुन् ।