
काठमाडौँ, ८ भदौ । अनलाईन भुक्तानी सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले रु. १५०० सम्मको आकर्षक क्यासब्याक पाउने भएका छन् ।
७ भदौ, २०७८ देखि सुरु भइ सिमित अवधिको लागि संचालन हुने उक्त अफरमा सहभागी हुन नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ ।
खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरीसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् ।
नेपाली बजारमा गरीने हरेक भुक्तानी प्रक्रिया डिजिटाइज गरि ग्राहकवर्गहरुको समय र पैसा बचत गर्ने हेतुले यस अफर कार्यान्वयनमा ल्याएको जानकारी खल्ती डिजिटल वालेटका प्रवन्धक, पवल खरेलले गराए ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क खल्तीबाट तिर्न बिमितले निम्न सरल तरिकाहरु अपनाउनु पर्नेछः
– खल्ती एप डाउनलोड गरी साइन अप गर्ने
– खल्ती एप लग इन गरि “इन्स्योरेन्स” आइकनमा ट्याप गर्ने
– “नेपाल लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने
– अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे”मा क्लिक गर्ने
– अन्त्यमा “पेमेन्ट” अप्सन छानी भुक्तानी गर्ने
खल्ती डिजिटल वालेट
१९ लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउँदै आइरहेको छ ।
‘खल्ती’वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिलभुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।















प्रतिक्रिया