
काठमाडौँ, ८ भदौ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको अखिल (क्रान्तिकारी) ले विरोध गरेको छ ।
क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
अन्यथा मूल्यवृद्धि विरुद्ध सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी क्रान्तिकारीले दिएको छ ।
नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनमा प्रतिलिटर २–२ रुपैयाँको दरले र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ)मा १६ अमेरिकी डलर प्रतिकिलोलिटर र खाना पकाउने एल.पी. ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएको थियो ।












प्रतिक्रिया