
काठमाडौँ, ८ भदौ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
सुनचाँदी महासंघका अनुसार सुनको मूल्य मंगलबार तोलामा ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँ पुगेको हो ।
त्यस्तै, यता चाँदीको मूल्य समेत प्रतितोला १० रुपैयाँले बढेर एक हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य समेत मंगलबार प्रतितोला ५०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।















प्रतिक्रिया