
काठमाडौँ, ७ भदौ । नेपाली बजारमा सोमबार सुनको मूल्य २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा २०० रुपैयाँले नै बढेर ९० हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य समेत सोमबार प्रतितोला १० रुपैयाँले बढेर एक हजार १९० रुपैयाँ पुगेको छ ।















प्रतिक्रिया